एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त « Khabarhub

एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा माओवादी केन्द्र छाडेर एमाले पार्टीमा लागेका चार जना सांसदको पद रिक्त भएका छन् ।

सोमबार माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले गरेको सिफारिसको आधारमा सभामुख सरोज यादवले पदमुक्त गरेका हुन् ।

बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोष्णा गरे ।

नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि नेताहरू फरकधारमा उभिएका थिए ।

उनीहरूलाई पार्टीको विधान विपरित अन्य पार्टीमा लागेको भन्दै कारवाही गरिएको हो ।

चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरूले नदिएपछि पदमुक्त गर्न सिफारिस गरिएको थियो ।

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरू थिए । जसमा चारजना कारबाहीमा परेसँगै अब उक्त पार्टीको प्रदेश २ मा ७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ३५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका