श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग « Khabarhub

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सनातन धर्म महासंघ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।

महासंघका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

सर्वाेच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न महासंघले माग गरेको हो ।

“नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा चिहान बन्नु हाम्रो धर्ममाथिको आक्रमणको रुपमा लिएका छौँ, कोषले यसलाई तत्काल नरोके कडा कदम चाल्न बाध्य हुने छौँ’’, ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो । रासस

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १५ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले