चर्च ब्वाइज बन्यो ‘सी’ डिभिजन लिग च्याम्पियन « Khabarhub

चर्च ब्वाइज बन्यो ‘सी’ डिभिजन लिग च्याम्पियन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काएपनि चर्च २-१ ले विजयी भयो । उपाधिसँगै चर्च ब्वाइज ‘बी’ डिभिजन लिगमा समेत बढुवा भएको छ । चर्चले १० लाख नगद समेत प्राप्त गर्‍यो ।

‘सी’ डिभिजन लिगमा बढुवा भएको एक वर्ष नपुग्दै चर्च ब्वाइज ‘बी’ लिगमा बढुवा भएको हो । चर्चले उपाधि जित्ने क्रममा १० अंक जोड्यो ।

यस्तै वीरञ्गज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् ।

खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै वीरञ्गज बढुवा भएको हो । वीरञ्गज ‘सी’ मा बढुवा भएको एकै वर्षमा ‘बी’ लिगमा उक्लिएको हो ।

सामाजिक भने २ वर्षपछि ‘बी’ लिगमा बढुवा भएको हो । सामाजिकले अन्तिम लिग खेलमा वीरञ्गज युथ एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

दोस्रो भएको वीरञ्गजले ७ लाख र तेस्रो भएको सामाजिकले ४ लाख प्राप्त गरेको छ । सानोगौचरण युवा क्लब ‘सी’ डिभिजनबाट घटुवा भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ४५ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा