चर्च ब्वाइज बन्यो ‘सी’ डिभिजन लिग च्याम्पियन « Khabarhub

चर्च ब्वाइज बन्यो ‘सी’ डिभिजन लिग च्याम्पियन


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चर्च ब्वाइजलाई जित दिलाउन रिजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा झापाका श्यामुले एक गोल फर्काएपनि चर्च २-१ ले विजयी भयो । उपाधिसँगै चर्च ब्वाइज ‘बी’ डिभिजन लिगमा समेत बढुवा भएको छ । चर्चले १० लाख नगद समेत प्राप्त गर्‍यो ।

‘सी’ डिभिजन लिगमा बढुवा भएको एक वर्ष नपुग्दै चर्च ब्वाइज ‘बी’ लिगमा बढुवा भएको हो । चर्चले उपाधि जित्ने क्रममा १० अंक जोड्यो ।

यस्तै वीरञ्गज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् ।

खालीबारी युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै वीरञ्गज बढुवा भएको हो । वीरञ्गज ‘सी’ मा बढुवा भएको एकै वर्षमा ‘बी’ लिगमा उक्लिएको हो ।

सामाजिक भने २ वर्षपछि ‘बी’ लिगमा बढुवा भएको हो । सामाजिकले अन्तिम लिग खेलमा वीरञ्गज युथ एकेडेमीलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

दोस्रो भएको वीरञ्गजले ७ लाख र तेस्रो भएको सामाजिकले ४ लाख प्राप्त गरेको छ । सानोगौचरण युवा क्लब ‘सी’ डिभिजनबाट घटुवा भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : ४५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल