युवतीमाथि चक्कु प्रहार गरी लुटपाटको आरोपमा एकजना पक्राउ « Khabarhub

युवतीमाथि चक्कु प्रहार गरी लुटपाटको आरोपमा एकजना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठमा एक युवतीमाथि चक्कु प्रहार गरी लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर घर भइ काठमाडौँ भंगाल बस्ने ३६ वर्षीय सन्तोष बिष्ट रहेका छन् ।

प्रहरीका अनुसार उनले बुढानिलकण्ठको बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ३६ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै