सोह्रखुट्टेस्थित एक होटलमा जुवाखेलिरहेको अवस्थामा ११ लाख नगदसहित २५ जना पक्राउ « Khabarhub

सोह्रखुट्टेस्थित एक होटलमा जुवाखेलिरहेको अवस्थामा ११ लाख नगदसहित २५ जना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको सोह्रखुट्टेस्थित एक होटलमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलमा जुवा खेल्दै गरेका २५ जनलाई १० लाख ९७ हजार नगदसहित महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१६ स्थित सो जुवाखालबाट ३० बुक तास र जुवा खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक पिताम्बर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौँ घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल र बझाङका उमेश बिक लगायत २५ जना छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ४८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि