बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना « Khabarhub

बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज मेडिकल कलेजको हाताभित्र कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मेडिकल कलेजको हाताभित्र सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्थापन कार्यालय , वाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ।

नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरी जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को