आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन रहनेछ, सुरक्षा अपनाऔँ : डा. पाण्डे « Khabarhub

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन रहनेछ, सुरक्षा अपनाऔँ : डा. पाण्डे


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् ।

यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।

यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । घर बाहिर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं ।’

डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन सुझाव दिएका छन् ।

उनले भेटघाट बन्द गर्ने तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सवैमा अपिल गरेका छन् ।

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

क्यामेराको फ्रेमले किन खोज्छ डा. केसीको अनुहार ?

सामाजिक सञ्जाल अन्तर्गत युट्युबमा अन्तर्वार्ताका लागि सर्वाधिक खोजिने पात्र हुन्–