महोत्तरीमा मृत भेटिए प्रहरी जवान « Khabarhub

महोत्तरीमा मृत भेटिए प्रहरी जवान


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा नेपाल भारत सिमाना क्षेत्रमा नेपाल प्रहरीका एक जवान मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अुनसार सिमाना क्षेत्रको साम्सी गाउँपालिका– ७ स्थित प्रहरी चौकीमा कायर्रत २५ वर्षीय जितेन्द्र साहगोठ मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टका अनुसार उनि चौकीबाट ७ सय मिटरको दूरीमा रहेको आँपको बगैंचामा रूखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनी पर्साको बहुदरमाई नगरपालिका–१का हुन्। डिएसपी विष्टका अनुसार उनको आउँदो जेठ ७ गतेका लागि विवाह पनि तय भइसकेको थियो।विवाहका लागि विदा लिएर घर जाने तयारी गरिरहेका जवान मंगलबार बिहान मृत फेला परेका हुन्।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५