तोकिएको तलब पाएपछि काममा फर्किए सेक्युरिटी गार्ड « Khabarhub

तोकिएको तलब पाएपछि काममा फर्किए सेक्युरिटी गार्ड



दोहा : कतार सरकारले तोके अनुसारको पारिश्रमिक दिने प्रतिबद्धतापछि आन्दोलनरत सेक्युरिटी गार्ड काममा फर्किएका छन् ।

कतारको अलखोरमा रहेको कतार सेक्युरिटी सेर्भिसेस (क्यूएसएस) कम्पनीमा कार्यरत सेक्युरिटी गार्डहरुले सरकारले तोकेको पारिश्रमिक कम्पनीले उपलब्ध गराएपछि आफूहरु काममा फर्किएको एक नेपालीले बताए ।

‘हामी कतारको श्रम कानून अनुसार कम्पनीले तलब नदिएपछि बिरोध गरेका हौँ,’ ती कामदारले भने, ‘अहिले कम्पनीले सम्पूर्ण पारिश्रमिक उपलब्ध गराएपछि काममा फर्कियौँ ।’

कामदारहरूले त्यस समयमा ओभरटाइम बापत काम गरेको तलब नपाएको नगरेको खुलासा गरेका थिए । पछि कम्पनीका मालिक आएर तोके अनुसारको पारिश्रमिक दिने भन्दै काममा फर्कन आग्रह गरेका थिए । उनले एक/दुई दिनमै पारिश्रमिक बैंकमा जम्मा गरिदिने प्रतिबद्धता जनाएका थिए ।

कम्पनीमा काम गरिरहेका सयौं सेक्युरिटी गार्डहरूले गत बुधवार कम्पनीको विभिन्न स्थानहरूमा रहेको क्यापमा विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन पछि अधिकारीहरूलाई कतारको नयाँ श्रम कानूनको उल्लंघन गरेको आरोपमा रोजगारदातालाई अनुसन्धान गर्न प्रेरित गरेको छ ।

सरकारले तोके अनुसारको पारिश्रमिक नदिएको भन्दै काम ठप्प पारेर अल खोर, अबु नाखला र उम्म स्लाल लगायत विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, उगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी रहेको थियो ।

कतारले मार्च महिनादेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको थियो । कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो ।

नयाँ कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने नयाँ कानुनमा व्यवस्था छ । यो नयाँ पारिश्रमिक मार्चदेखि नै लागू हुने बताईएको भएपनि अहिलेसम्म धेरै कम्पनीहरुले लागू गरेका छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : ४५ बजे

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको