अझै बनेन क्वारेन्टिन र आइसोलेशन « Khabarhub

अझै बनेन क्वारेन्टिन र आइसोलेशन


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् ।

कोरोना सङ्क्रमणले जिल्लावासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

जिल्लामा पूर्वीचौकी गाउँपालिकाले मात्रै आइसोलेशन निर्माण गरेको भए पनि अन्य स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र आइसोलेशन निर्माण नगरेको दिपायल सिलगढी नगरपालिका–५ का किरण भण्डारीले बताए ।

उनले भने, ‘कोरोनाले जिल्ला आक्रान्त भइसक्यो यहाँका जनप्रतिनिधिहरूले क्वारेन्टिन र आइसोलेशन बनाउनेतर्फ कुनै ध्यान दिएका छैनन् ।’

क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ गएका तथा समुदायमा घुलमिल हुन थालेका कारण कोरोना सङ्क्रमणदर दैनिक फैलिँदै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले पनि दैनिकजसो छिमेकी मुलुक भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहेको छ ।

छिमेकी मुलुक भारत तथा देशका अन्य भागबाट अहिलेसम्म कति जना आए र ती कहाँकहाँ छन् त्यसको अभिलेख राख्ने समेत नहुँदा झनै गाह्रो भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले भारतबाट घर फर्किएकालाई अनिर्वाय रूपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरेको भए पनि भारतबाट आएकाहरू गाउँगाउँमा डुल्ने गरेका छन् । यहाँका गाउँघरमा कोरोनाको बढी जोखिम रहेको अर्का स्थानीयवासी रामबहादुर विष्टले बताए ।

उनले भने, ‘जिल्लामा कति सङ्क्रमित आए भन्ने कुनै स्थानीय तहले रेकर्ड राखेका छैन, बाहिरबाट आएका समाजमा घुलमिलमा छन्, कोरोना जोखिम त बढ्ने नै भयो ।’

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहहरूले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्म पाँच महिनामा करीब रु १२ करोड खर्च गरेका थिए ।

यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् । तत्कालीन समयमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको थियो ।

पछिल्लो समय जिल्लामा जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि ३०० को हाराहारीमा पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये २८३ जनाको होम आइसोलेशनमा र १२ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र पाँचको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा सङ्क्रमितमध्ये हालसम्म जम्मा चार जनाले मात्रै कोरोना जितेका छन् । जिल्लामा कोरोना सङ्क्रमण हुने दर दिनहुँ वृद्धि हुँदै गएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका कतिपय नागरिक बिरामी हुँदा, ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यहाँका प्रमुख शहर बजारभन्दा पनि ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूमा बढी कोरोना सङ्क्रमण हुने दर देखिएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश यहाँका नागरिक सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरूले समुदायमा घुलमिल गर्ने क्रम बढेका कारण कोरोना सङ्क्रमित हुने दर बढ्दै गएको पाइएको हो । सङ्क्रमितहरू प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी हालसम्म जिल्लामा कम्तीमा पनि पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । यहाँका स्थानीय तहहरूलाई क्वारेन्टिन तथा आइसोलेशन निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

उनले भने, ‘जिल्लामा कोरोना सङ्क्रमण हुने दर दैनिक बढ्दै गएको छ, अस्पतालमा ठाउँ अभाव छ, स्थानीय तहलाई गाउँमै भएका स्वास्थ्य संस्थामा आइसोलेशन तथा क्वारेन्टिन बनाउन कैयौँ पटक आग्रह गरिसक्यौँ तर अहिलेसम्म बनाएका छैनन् ।’

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा क्वारेन्टिन तथा आइसोलेशन बनाउन पटकपटक पत्राचार गर्दासमेत यहाँका स्थानीय तहका प्रमुखहरूले चासो नदेखाएको आरोप छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १ : २० बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना