जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो « Khabarhub

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

महासचिव मनोज भट्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णय विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कारबाहीमा संलग्न भएकोले आज मिति २०७२ साल वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कारबाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो । उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउनु भएकोले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

थापाले पार्टी निर्देशन नमान्दा गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने संभावना छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२