जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो | Khabarhub Khabarhub

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

महासचिव मनोज भट्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘माओवादी केन्द्र एवं जसपासहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णय विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कारबाहीमा संलग्न भएकोले आज मिति २०७२ साल वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कारबाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो । उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउनु भएकोले आजै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

थापाले पार्टी निर्देशन नमान्दा गण्डकी प्रदेशमा पुन: पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने संभावना छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : ५१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको