भारतमा भाइरसको अनुसन्धानमा थप सक्रिय बन्दै वैज्ञानिकहरू « Khabarhub

भारतमा भाइरसको अनुसन्धानमा थप सक्रिय बन्दै वैज्ञानिकहरू


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको भाइरसलाई ट्र्याक गर्न र यसलाई अझ राम्रोसँग बुझ्नका लागि आवश्यक पर्ने परीक्षण गर्नेतर्फ भारत निकै पछाडि छ ।

सोमबार, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भाइरसको प्रारम्भिक अनुसन्धानका आधारमा यस नयाँ स्वरुपलाई निकै चिन्ताजनक भनी वर्गीकृत गरेको छ । यस भाइरसको नयाँ स्वरुपलाई डब्लुएचओले पहिला अन्य मुलुकमा समेत फैलिएका बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका नयाँ स्वरुपका भाइरसकै कोटीमा राखेर अनुसन्धान अघि बढाएको छ ।

“हामीलाई यो भाइरसको नयाँ भेरिएन्टका बारेमा धेरैभन्दा धेरै जानकारी चाहिएको छ,” डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, “हामीले थप अनुक्रमित (सिक्वेन्सिङ) गर्नु जरुरी छ र यसलाई भारत एवं अन्य मुलुकका विवरणसँग भिडाउनु पर्दछ ताकि यसबाट यो भाइरस कति फैलिएको छ भन्ने थाहा पाउन मद्दत पुगोस् ।”

भाइरसको स्वभाव नै निरन्तर रुप परिवर्तन गरिरहनु हो, र बढ्दो संक्रमण वा फैलावटले नयाँ नयाँ स्वरुपमा रुपान्तरण हुन मद्दत गर्दछ ।

भाइरसले नयाँ स्वरुप धारण गरे वा नगरेका बारेमा भारतमा भाइरसको आनुवंशिक अनुगमन शुरु गर्न ढिलो भइरहेको थियो । अर्थात् यो कोरोनाभाइरस कति संक्रामक वा घातक हुँदैछ भन्ने बुझ्ने प्रयास भएको देखिन्न ।

यी नयाँ स्वरुपमा बदलिएका (म्युटेड) कोरोनाभाइरसका भेरिएन्टका भिन्नता वा विशेषतालाई अनुगमन गर्न जरुरी हुन्छ किनकी नयाँ स्वरुपमा बदलिएका भाइरसले मानिसको प्रतिरक्षा प्रणालीलाई बढी क्षति गर्ने, पुनः संक्रमित गर्ने वा खोपहरु कम प्रभावकारी बनाउने सम्भावना हुन्छ । अहिलेका लागि, डब्लुएचओले के कुरामा जोड दिएको छ भने कोभिड–१९ का खोपहरु नयाँ भेरिएन्टबाट संक्रमित व्यक्तिलाई पनि रोगबाट रोकथाम गर्न र मृत्युबाट बचाउन प्रभावकारी छ ।

भारतीय वैज्ञानिकहरुको भनाईमा उनीहरुका काममा प्रशासनतन्त्रले उत्पन्न गराएको अबरोध र सरकारी निकायहरुबाट महत्वपूर्ण तथ्याँकहरु उपलब्ध गराउन भइरहेको हिच्किचाहट चुनौतीपूर्ण छ । भारतले कूल संक्रमितको करिब १ प्रतिशत तथ्याँक मात्र सिक्वेन्सिङ गरिरहेको छ र कोरोनाभाइरस जिनोमको विश्व डेटाबेसमा यस सिक्वेन्सिङको नतिजा पनि सबै राखेको छैन ।

सिक्वेन्सिङ पर्याप्त नभएको अवस्थामा त्यहाँ प्रशस्त छिद्रहरु हुन्छन् र त्यसकारण भाइरसका अझ चिन्ताजनक नयाँ स्वरुप (म्युटेसन) त्यतिकै फैलिदै जान्छन्, एमआइटी र हार्बर्ड विश्वविद्यालयकी अनुसन्धाता अलिना चान बताउँछिन् ।

क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवीन्द्र गुप्ताले भने, “यसमा भाइरसका सबै विशेषताहरु अन्तरनिहीत छन् र यसबाट हामी पक्कै चिन्तित हुनु पर्दछ ।”

गत वर्ष तटीय महाराष्ट्र राज्यमा पहिलो पटक फेला परेको नयाँ संस्करणको कोरोनाभाइरस सर्भे गरिएका २७ राज्यमध्ये १९ मा फेला परेको छ । यसैबीच, बेलायतमा पहिलो पटक फेला परेको एउटा भेरिएन्ट भने ४५ दिनभित्र भारतमा घट्दोक्रममा देखिएको छ ।

भारतीय स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ तिब्र गतिमा फैलिनुमा नयाँ भेरिएन्ट मात्र जिम्मेवार रहेको भनिहाल्न नहुने भन्दै सावधान गराएका छन् । विज्ञहरुले धार्मिक सभासमारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तिब्र गतिमा फैलिएको औंल्याएका छन् ।

भेल्लोरस्थित क्रिस्चियन मेडिकल स्कुलका सूक्ष्मजीव अध्ययन गर्ने डा गंगादीप काङले पहिल्यै कोभिड–१९ संक्रमित भएका व्यक्तिलाई नयाँ भेरिएन्टले पुनः संक्रमित बनाइरहेको छ वा छैन भन्ने अनुसन्धान गर्नुपर्ने बताए । उनले भने, “यस बारेमा मानिसले किन त्यति महत्व दिइरहेका छैनन् भन्ने मैले बुझ्न सकेको छैन ।”

भारतमा सिक्वेन्सिङका प्रयत्नहरु अस्तव्यस्त हुने गरेका छन् । चानको भनाईमा भारतबाट जिसेडमा प्रति एक हजार संक्रमितमध्ये ०.४९ सिक्वेन्समात्र अपलोड गर्ने गरिएको छ । संयुक्तराज्य अमेरिकामा प्रति एक हजारमा करिब १० अपलोड हुने गरेको छ जबिकी बेलायतले प्रति एक हजारमा ८२ सिक्वेन्स अपलोड हुने गरेको छ ।

अघिल्लो वर्ष भारतीय सरकारी संस्थाहरुलाई सम्भव भएसम्म देशभित्रै उत्पादित बस्तु खरिद गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आदेश दिएका थिए। यो असम्भव प्रमाणित भयो, किनभने सिक्वेन्सिङसँग सम्बन्धित सबै सामान विदेशबाटै आयात गर्नुपर्ने थियो, जसका कारण धेरै कागजी प्रक्रियामा जानु परेको थियो, जेनोमिक्स तथा इन्टिग्रेटिभ बायोलोजका निर्देशक अनुराग अग्रवालले बताए । रासस–एपी

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : २६ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा