नेपाल-खनाल समूहका सांसदद्वारा राजनीनामाको संकेत « Khabarhub

नेपाल-खनाल समूहका सांसदद्वारा राजनीनामाको संकेत


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले राजीनामा दिने संकेत गरेका छन् ।

नेपाल-खनाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्न आफ्नो समूहका सांसदहरुको राजीनामा आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखका छन्,‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

राष्ट्रपति विद्यादेवि भण्डारीले बिहिबार बेलुका ९ बजेभित्र बहुमतको सरकारको दाबी गर्न विपक्षमा रहेका दलहरुलाई आह्वान गरेकी छन् ।
त्यसअघि नै एमालेको नेपाल समूहका सांसदहरुले पदबाट राजीनामा दिने तयारी गरेको जनाइएको छ ।

नेता रावलले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ५५ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय