८२ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ « Khabarhub

८२ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ८२ लाख ५० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका – ३ आदर्शनगरबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराका  कलामुद्दिन अन्सारी, भारत विहार घर भई वीरगञ्ज बस्ने  विकास कुमार, गुड्डु कुमार र साहील गुप्ता छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खोजी गर्दा उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो ।

प्रहरीले उनिहरुका साथबाट ना ८ प ४८९७ नम्बरको मोटरसाइकल समेत बरामद् गरेको छ । उनीहरुमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्धको कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५