गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ | Khabarhub Khabarhub

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि जनमोर्चाका तीन जना सांसदको हस्ताक्षर नपुगेपछि दलको समर्थनमा बहुमत दाबी गर्दै निवेदन पेश गरिएको थियो ।

जनमोर्चाका बाग्लुंगका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि जनमोर्चाले संसदीय दलको सचेतकबाट हटाएको पत्र प्रदेश सभा सचिवालयमा पेश भएको थियो । तर उनलाई सांसद पदबाटै नहटाइएपछि गठबन्धनले बहुमत सिद्ध गर्न नसकेको हो ।

जनमोर्चाले अन्तिम समयसम्म थापाको हस्ताक्षर गराउने भन्दै नामावली लगे पनि उनी त्यसअघि नै गाउँ फर्किएका थिए ।

मुख्यमन्त्रीमा प्रस्ताव गरिएका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफूलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गरी ३१ सांसदको समर्थन रहेको दाबीसहित प्रदेश कार्यालयमा निवेदन दिएका थिए । उनीहरुले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको दाबी गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका सांसद थापासहित अर्को सांसद खिमबिक्रम शाहीले पनि आफू विपक्षी गठबन्धनमा नभई तटस्थ रहेको विज्ञप्ति जारी गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको हो । संविधानको धारा १६८ (३) अनुसार गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्रीको शपथ लिएसँगै अब गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ०८ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण