शय्या अभाव हुँदा बिरामीलाई सास्ती | Khabarhub Khabarhub

शय्या अभाव हुँदा बिरामीलाई सास्ती


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धौलागिरि अस्पतालमा रहेको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएपछि कोरोना भाइरसका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।

बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० वर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि पोखरा पठाइएको हो ।

‘‘यहाँ आईसीयु र भेन्टिलेटर खाली छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’’ अस्पतालका प्रमुख डा शैलेन्द्र बिकले भने, ‘‘अवस्था गम्भीर भएकाले परिवारले लैजान्छु भन्नुभयो, हामीले पठायौं ।’’

आइसोलेसनमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा ठूलो समस्या छ । निमोनियाले फोक्सोमा समस्या पारिसकेको बिकले बताए ।

मणिपाल शिक्षण अस्पताल पोखराले शय्या उपलब्ध गराउने भएपछि उनलाई पोखरा पठाइएको हो । अस्पतालमा अहिले ३२ जना सङ्क्रमितलाई उच्च गतिमा अक्सिजन दिएर उपचार भैरहेको छ ।

सात जना शङ्कास्पद बिरामीको समेत सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज