शय्या अभाव हुँदा बिरामीलाई सास्ती « Khabarhub

शय्या अभाव हुँदा बिरामीलाई सास्ती


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- धौलागिरि अस्पतालमा रहेको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएपछि कोरोना भाइरसका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।

बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० वर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि पोखरा पठाइएको हो ।

‘‘यहाँ आईसीयु र भेन्टिलेटर खाली छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’’ अस्पतालका प्रमुख डा शैलेन्द्र बिकले भने, ‘‘अवस्था गम्भीर भएकाले परिवारले लैजान्छु भन्नुभयो, हामीले पठायौं ।’’

आइसोलेसनमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा ठूलो समस्या छ । निमोनियाले फोक्सोमा समस्या पारिसकेको बिकले बताए ।

मणिपाल शिक्षण अस्पताल पोखराले शय्या उपलब्ध गराउने भएपछि उनलाई पोखरा पठाइएको हो । अस्पतालमा अहिले ३२ जना सङ्क्रमितलाई उच्च गतिमा अक्सिजन दिएर उपचार भैरहेको छ ।

सात जना शङ्कास्पद बिरामीको समेत सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ५९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय