रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित « Khabarhub

रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित



बुटवल— रुपन्देहीमा एकै दिन ९०७ जना कोरोना संक्रमित भएका छन् । यो संख्या रुपन्देहीमा एक दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्युको यो संख्या पनि अहिलेसम्मको उच्च हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । हालसम्म ३०९ जनाको मृत्यु भएको छ ।

बुधबारको विवरणअनुसार रुपन्देहीमा १ हजार २०४ जनाको आरटीपीसीआर परीक्षण गर्दा ९०७ जना संक्रमित फेला परेका हुन् । यो संख्या परीक्षण गरिएका मध्ये ७५ प्रतिशतभन्दा बढी हो । बुटवल उपमहानगरमा सबैभन्दा ३९५ जना संक्रमित फेला परेका छन् जसमा १९० जना महिला र २०५ जना पुरुष छन् ।

रुपन्देहीमा संक्रमितको मृत्युदर २ प्रतिशत छ । जिल्लामा अहिले लक्षणसहितका ३७६ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा र ६ हजार ६२६ जना होम आइसोलेसनमा छन् ।

अक्सिजन नहुँदा ५ जनाको मृत्यु

बुटवलमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन सकिँदा ५ जना संक्रमितको मृत्यु भएको छ । अक्सिजन दिइएका कोरोना संक्रमितको अक्सिजन सकिएपछि मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा उपलव्ध नहुँदा उपचाररत संक्रमितको मृत्यु भएको हो । बेडमा रहेका संक्रमितहरूलाई आधा घण्टा अक्सिजन दिन नसकिएको उनले बताए ।

निषेधाज्ञा लम्बियो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा निषेधाज्ञाको म्याद थपेको छ । बुधबार भएको जिल्लाको उच्चस्तरीय समितिको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब