रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित « Khabarhub

रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित



बुटवल— रुपन्देहीमा एकै दिन ९०७ जना कोरोना संक्रमित भएका छन् । यो संख्या रुपन्देहीमा एक दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्युको यो संख्या पनि अहिलेसम्मको उच्च हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ । हालसम्म ३०९ जनाको मृत्यु भएको छ ।

बुधबारको विवरणअनुसार रुपन्देहीमा १ हजार २०४ जनाको आरटीपीसीआर परीक्षण गर्दा ९०७ जना संक्रमित फेला परेका हुन् । यो संख्या परीक्षण गरिएका मध्ये ७५ प्रतिशतभन्दा बढी हो । बुटवल उपमहानगरमा सबैभन्दा ३९५ जना संक्रमित फेला परेका छन् जसमा १९० जना महिला र २०५ जना पुरुष छन् ।

रुपन्देहीमा संक्रमितको मृत्युदर २ प्रतिशत छ । जिल्लामा अहिले लक्षणसहितका ३७६ जना संक्रमित विभिन्न आइसोलेसन सेन्टरमा र ६ हजार ६२६ जना होम आइसोलेसनमा छन् ।

अक्सिजन नहुँदा ५ जनाको मृत्यु

बुटवलमा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन सकिँदा ५ जना संक्रमितको मृत्यु भएको छ । अक्सिजन दिइएका कोरोना संक्रमितको अक्सिजन सकिएपछि मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा उपलव्ध नहुँदा उपचाररत संक्रमितको मृत्यु भएको हो । बेडमा रहेका संक्रमितहरूलाई आधा घण्टा अक्सिजन दिन नसकिएको उनले बताए ।

निषेधाज्ञा लम्बियो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा निषेधाज्ञाको म्याद थपेको छ । बुधबार भएको जिल्लाको उच्चस्तरीय समितिको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा बढाउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २३ बजे

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ

सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका