उपप्रधानमन्त्रीबाट नेता चौलागाईंप्रति श्रद्धाञ्जलि « Khabarhub

उपप्रधानमन्त्रीबाट नेता चौलागाईंप्रति श्रद्धाञ्जलि


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका दिवंगत नेता पशुपति चौलागाईंप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पुगेर उपप्रधानमन्त्री पोखरेलले श्रद्वाञ्जलि अर्पण गर्दै निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन पार्टीमा बिताउने एकजना अशल गुमाउनुपरेको बताए ।

तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा आफूले उनीसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको उल्लेख गर्दै पोखरेलले चौलागाईंसँग लामो समयदेखि रहँदै आएको हार्दिकतापूर्ण सम्बन्धलाई सधैँ सम्झने जनाए ।

कोरोनाका कारण निधन भएका बाग्मती प्रदेशसभा सदस्य चौलागाईंले २०३८ साल मङ्सिर ८ गते पार्टी सदस्यता प्राप्त गरेका थिए ।

उनी पार्टीको तत्कालीन युवा सङ्घका केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इञ्चार्ज हुँदै पार्टीका पोलिटब्युरो सदस्य थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५