अमेरिकाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कोभिड-१९ विरुद्धको लडाइँका लागि अमेरिकी रक्षा मन्त्रालययको ३.१ मिलियनसमेत गरी अमेरिकी सरकारले ३९.९ मिलियन डलर बराबरको सहयोग गरेको जानकारी दिएको हो ।

जसमा १०० भेन्टिलेटर, १० हजार थान पीपीई, ब्रिथिङ डिभाइस, आइसोलेसन सेन्टर निर्माणका सामग्री, टेलिमेडिसिन सामग्री लगायतका स्वास्थ्य सामग्री रहेका छन् ।

कोभिड-१९ महामारीको अघिल्लो र यो पटकको अप्ठेरो परिस्थितिमा अमेरिकी रक्षा मन्त्रालयले नेपालस्थित अमेरिकी मिशनका अन्य एजेन्सीहरूसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रसम्म अत्यावश्यक सामाग्रीहरू यथाशक्य पुर्‍याउने कार्य निरन्तर गर्दै आएको जनाएको हो ।

कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण र पुर्‍याउने काम यो साता पनि जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र