अमेरिकाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग « Khabarhub

अमेरिकाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कोभिड-१९ विरुद्धको लडाइँका लागि अमेरिकी रक्षा मन्त्रालययको ३.१ मिलियनसमेत गरी अमेरिकी सरकारले ३९.९ मिलियन डलर बराबरको सहयोग गरेको जानकारी दिएको हो ।

जसमा १०० भेन्टिलेटर, १० हजार थान पीपीई, ब्रिथिङ डिभाइस, आइसोलेसन सेन्टर निर्माणका सामग्री, टेलिमेडिसिन सामग्री लगायतका स्वास्थ्य सामग्री रहेका छन् ।

कोभिड-१९ महामारीको अघिल्लो र यो पटकको अप्ठेरो परिस्थितिमा अमेरिकी रक्षा मन्त्रालयले नेपालस्थित अमेरिकी मिशनका अन्य एजेन्सीहरूसँगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रसम्म अत्यावश्यक सामाग्रीहरू यथाशक्य पुर्‍याउने कार्य निरन्तर गर्दै आएको जनाएको हो ।

कोरोनाविरुद्धको लडाइँका लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण र पुर्‍याउने काम यो साता पनि जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ३२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित