उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना « Khabarhub

उद्योग वाणिज्य महासंघमा कोभिड–१९ सहायता केन्द्र स्थापना


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघमा मुलुकमा बढ्दो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कोभिड–१९ सहायता केन्द्र स्थापना गरिएको छ ।

महासंघका पदाधिकारी र सम्बद्ध अधिकारीको हालै बसेको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको महासंघले आज जनाएको छ ।

केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ । केन्द्रलाई प्रभावकारी बनाउन अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल/आइशोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रवीन श्रेष्ठ तथा अस्पताल व्यवस्थापनका लागि इ देशबन्धु बस्नेत, बाबुकाजी कार्की र डा केयुर गौतमलाई सम्पर्क व्यक्ति तोकी जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ ।

साथै एम्बुलेन्स/आइशोलेशन केन्द्रका लागि रञ्जितराज आचार्य, औषधि÷मेडिकल उपकरणका लागि प्रबलजङ्ग पाण्डे र भक्त हमाल तथा होटल/हवाई यातायातका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको छ । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिने महासंघले जनाएको छ ।

केन्द्रमा तोकिएको जिम्मेवारीअनुसार सदस्यले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको मागअनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन् । एफएनसिसिआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोरोना संक्रमणमा परेकालाई चिकित्सकबाट स्वास्थ्य परामर्श दिने कार्यको शुरुआत गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ४८ बजे

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,

जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन

काठमाडौं– भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा