चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै | Khabarhub Khabarhub

चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ ।

सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये उक्त सङ्ख्याम अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको एक हजार छ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधाानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जनाइएको छ ।

अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर चाँडै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।

ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भएकाले विमान चार्टर गरी ल्याउन समन्वय गरिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४४ बजे

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा ३० महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति