चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै « Khabarhub

चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ ।

सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तरगत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये उक्त सङ्ख्याम अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको एक हजार छ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधाानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

चीन सरकारले कोभिड सहायता अन्तरगत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जनाइएको छ ।

अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर चाँडै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।

ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भएकाले विमान चार्टर गरी ल्याउन समन्वय गरिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब