विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित « Khabarhub

विश्वकप छनौटमा नेपाल अष्ट्रेलियासँग पराजित


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत  अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३-० गोलले पराजित भएको हो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल गरे ।

खेलको ४५औँ मिनेटमा अनुभवी डिफेन्डर रोहित चन्द रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले त्यसपछि अष्ट्रेलियालाई एक गोलमा रोकेको थियो ।

अष्ट्रेलियाका मार्टिनलाई फउल गरेपछि ओमानी रेफ्री अहमेदले रोहितलाई रातो कार्ड देखाएका थिए ।

जितपछि अष्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान बनाएको छ  ।

शीर्ष स्थानको अष्ट्रेलियाले ७ खेलमा २१ अंक जोडेको छ । यस समूह ‘बी’ मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो ।

नेपालले ८ खेलमा ६ अंक जोडेको छ । नेपालले चौथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको विश्वकपको तेस्रो चरण र एसियन कपको सम्भावना यस अघि नै सकिएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ५५ बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको