दाइको कुटाईबाट भाइको मृत्यु « Khabarhub

दाइको कुटाईबाट भाइको मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा आफ्नै दाइको कुटाइबाट भाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

जग्गा सम्बन्धी विवादको विषयलाई लिएर मृतक लक्ष्मणका दाजु रामचन्द्र साहसहित परिवारका अन्य सदस्यले मिलेर गत बुधबार कुटपिट गरी उनलाई सख्त घाइते बनाएका थिए ।

दाइको कुटपिटबाट गम्भीर घाइते भएका लक्ष्मणलाई उपचारका लागि सोही दिन प्रादेशिक अस्पताल जनकपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएकोमा बिहीबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारजनले उनको शव शुक्रबार राति भ्रमरपुरामा ल्याएका छन् । परिवारजन, आफन्त र स्थानीयवासीले उनको शवलाई सडकमा राखेर न्यायको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मृतकका दाजु रामचन्द्र साह र उनका छोरा मुकेश साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ३ : ०४ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने