दाइको कुटाईबाट भाइको मृत्यु | Khabarhub Khabarhub

दाइको कुटाईबाट भाइको मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा आफ्नै दाइको कुटाइबाट भाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

जग्गा सम्बन्धी विवादको विषयलाई लिएर मृतक लक्ष्मणका दाजु रामचन्द्र साहसहित परिवारका अन्य सदस्यले मिलेर गत बुधबार कुटपिट गरी उनलाई सख्त घाइते बनाएका थिए ।

दाइको कुटपिटबाट गम्भीर घाइते भएका लक्ष्मणलाई उपचारका लागि सोही दिन प्रादेशिक अस्पताल जनकपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएकोमा बिहीबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारजनले उनको शव शुक्रबार राति भ्रमरपुरामा ल्याएका छन् । परिवारजन, आफन्त र स्थानीयवासीले उनको शवलाई सडकमा राखेर न्यायको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मृतकका दाजु रामचन्द्र साह र उनका छोरा मुकेश साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ३ : ०४ बजे

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश