कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सील | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित बढेपछि जुम्लाको मिचागाउँ सील


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका – ७ खलङ्गा बजारसँग जोडिएको मिचागाउँमा कोरोना सङ्क्रमित बढेपछि सील गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रबार बेलुका देखि सील गरेको हो ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार मिचागाउँमा १९ जना सङ्क्रमित छन् । त्यस्तै महत गाउँमा ६ जना सङ्क्रमति रहेका छन् । सबैलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेपनि नमानेपछि होम आइसोलेसनमा सुरक्षित बस्न आग्रह गरिएको र स्वास्थ्य सुरक्षा सामग्री घरमै पुर्‍याएको महतले बताए ।

स्थानीय विजय रावलका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुका साथै सङ्क्रमति व्यक्तिहरुको निगरानी गर्दै सुरक्षा मापदण्ड अपनाउन सुझाइएको छ ।

यस्तै यसअघि तातोपानी गाउँपालिका – १ राकागाउँ र सोही गाउँपालिकाको – ६ रावतवाडा गाउँ पनि सील गरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।

सङ्क्रमितहरुको सम्र्पकमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नहुन्जेलसम्म गाउँ नै सील गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

वैशाखदेखि यता जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८९ पुगेको छ । यस्तै सङ्क्रमण मुक्त भएको सङ्ख्या ३३२ रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ भने २९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन कक्षामा उपचाररत छन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ३ : ५९ बजे

युक्रेनले पायो नयाँ प्रधानमन्त्री

एजेन्सी – युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौं – स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति