कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण « Khabarhub

कोरोना नियन्त्रणका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व)मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरिएको छ ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो । नक्साङ्कन र योजना निर्माणका लागि यही जेठ १६ गते आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा स्वास्थ्यकर्मीसहित विभिन्न राजनीतिक दल, नेपाल शिक्षक महासङ्घ र कर्मचारी मिलान केन्द्रका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा योजनाकार रहनुभएको थियो । सो समितिले योजना निर्माण गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)मा पेश गरेको छ ।

कार्यदलले तीन वटै गाउँपलिकामा पुगेर त्यहाँका स्थानीय तह र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिकलगायत सरोकारवालासँगको छलफल, अन्तरक्रिया र स्थालगत अध्ययनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड-१९ नियन्त्रण नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरेको कार्यादलका संयोजक विसीले बताए ।

नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ ।

योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझावसहित डिसीसीएमसीमा पेश गरिएको संयोजक विसीले बताए । डिसीसीएमसीको बैठकले कोभिड १९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

यस्तै रुकुम पूर्वमा अक्सिजन प्लान्ट खरिदको लागि सङ्घीय सरकारसँग बजेटको माग गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि सरकारसँग बजेट माग गरी पठाइएको हो ।

अक्सिजन प्लान्ट खरिदका लागि अर्थ मन्त्रालयमा रु २ करोड ५० लाख बजेट माग गरी पठाइएको प्रजिअ राईले बताउनुभयो । यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ ।
रुकुम पूर्वमा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तीव्रगतिमा परीक्षणको दायरा बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ । यसको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गर्नेछन् । उनकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ ।

यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड-१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताए । उनका अनुसार उक्त समितिमा वडा समस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समूहका प्रतिनिधि रहनेछन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : १० बजे

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ

‘लालीबजार’ खुलेआम कुमारित्व किनबेचको कथा !

काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा

आईपीएल किक्रेट : पञ्जाबको अपराजित यात्रा कायमै, लखनउ ५४ रनले पराजित

काठमाडौँ– भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले

आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया