वनभोजका लागि कर्मचारी ओसार्ने सरकारी गाडी दुर्घटना, एकको मृत्यु « Khabarhub

वनभोजका लागि कर्मचारी ओसार्ने सरकारी गाडी दुर्घटना, एकको मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – प्युठानमा वनभोजका लागि कर्मचारी ओसार्ने क्रममा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनामा परेको हो ।

तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् ।

कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : १९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु