ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई « Khabarhub

ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस गण्डकी प्रदेशमा पनि देखिएको टिप्पणी गरेका छन् ।

हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया जनाएका हुन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन् ।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो,’ भट्टराईले ट्वीट गरेका छन् ।

‘अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं । ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं ! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं !’ उनले भनेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु