कांग्रेसको १४ औँ महाधिवेशनको मिति सर्‍यो, भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय « Khabarhub

कांग्रेसको १४ औँ महाधिवेशनको मिति सर्‍यो, भदौँ १६ देखि १९ सम्म गर्ने निर्णय


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने बताएका थिए । पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।

कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँ/नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : १४ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम