प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने सांसद वैद्यलाई कारबाही गर्ने गृहमन्त्रीको संकेत (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने सांसद वैद्यलाई कारबाही गर्ने गृहमन्त्रीको संकेत (भिडियोसहित)


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न जनवर्गिय संगठनले नेपाली काँग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

एमालेका विभिन्न १५ वटा जनवर्गिय संगठनले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री अधिकारीलाई पत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए । गृहमन्त्री अधिकारीले कानुन अनुसार कारबाहीका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान सुरक्षामाथि धावा बोलेको भन्दै फौजदारी कसुरमा मुद्दा चलाउन जनवर्गिय संगठनले माग गरेका छन् ।

वैद्यले प्रदेश सभाको बैठकमा प्रधानमन्त्रीको हत्या गर्नका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपछि वैद्यको चौतर्फी आलोचना हुनुको साथै कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

वैद्यले भने शनिबारको प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै फिर्ता लिइसकेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ४५ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी