यी हुन् क्यानसर कारक ५ प्रमूख खानेकुराहरू « Khabarhub

यी हुन् क्यानसर कारक ५ प्रमूख खानेकुराहरू



क्यानसर भन्ने वित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्यानसर लागेके थाह हुने वित्तिकै जो कोही पनि व्याक्ति छाङ्गाबाट खसे जस्तो हुन्छ । डर र त्रासले उसलाई सताउछ । संसारमा प्रत्यक बर्ष यो रोगका कारणले ९६ लाख मानिसहरू मारिने गरेका छन जसमध्ये ७०% मान्छेहरू निम्न र मध्यम आमदानी भएका देशहरूका बासिन्दाहरू हुन ।

आज हरेक छैठौ व्याक्तिको मृत्यु क्यानसरको कारणले हुने गरेको छ ।यसरि संसारमा यति धेरै मानिसहरू मार्ने प्रमूख हत्याराको ५०% कारणको भने हाम्रो आनिबानी र खानपानसँग छ । हामीले जानी–जानी वा नजानी कन खाइरहेको खानेकुराहरूले त कतै क्यानसर लागिरहेको त छैन ? आउनुहोस हामी पनि जानौँ यी क्यानसर कारक केही खानेकुराहरूलाई –

१. सेकुवाः जनावरको फलमासु लाई आगोमा सेकाए वा घाममा सुकाएर पछिसम्म खानमिल्ने गरि संरक्षण गरेर राखिएको खानेकुरालाई सेकुवा भनिन्छ ।

सेकुवा मुख्य रूपमा रातो मासु बाट बनाइन्छ ।रातो मासुलाई सेकुवा बनाउने क्रममा पोल्दा, तेलमा तारदा, घाममा सुकाउदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यानसर कारक तत्वहरू (कार्सिनोजीन) उत्पादन हुनेहुँदा सेकुवा स्वास्थ्यको लागि राम्रो खानेकुरा हैन ।

यसै गरि धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारहरू क्यान्सर रोगका प्रमूख कारणहरूमा पर्दछन।यसै गरि सेकुवा बनाउने क्रममा मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्छ ।

मासुलाई आगोको ज्वाला र धुवाको मुस्लोमा सिधै सेकाउदा यसभित्रको गुलियो पदार्थ र प्रोटिन उच्चतापक्रले गर्दा परिवर्तित भई एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । एक्रिल्यामाइड्स क्यान्सर कारक यौगीक हो ।

२. हटडगः हामीले मिठो मानि मानि खाने गरेको हटडग प्रायजसो गाई वा सूगुरको मासुबाट बनाइन्छ । मासुलाई प्रशोधन गरेर,बनाईएको किमालाई मनमोहक गन्धहरू मिसाएर विशेष किसिमको पाउरोटी भित्र हालेर हटडग बनाइन्छ । यसलाई बेलनाकार टुक्राहरूको रूपमा साग, सलाद, प्याज, सस, मायोनीज, पनीर,सूगुरको माशु आदि संग खाने गरिन्छ । अन्तराष्ट्रिय क्यानसर अनुशन्धान संघका अनुसार हटडगमा हालिएको प्रशोधित मासुलाई क्यानसर कारक मानेको छ र दैनिक एउटा हटडग खाने व्याक्तिलाई ठूलो आन्द्रको क्यानसर हुने खतरा ८१% रहन्छ।

३.चिनी हालिएका खानेकुराः उच्च मात्रामा चिनीको सेवन क्यानसरको कारण हो । उच्च मात्रामा चिनी हालिएको, रेशा र चोकर निकालिएको कम पौष्टिक मुल्यको प्रशोधित खानेकुराहरू को क्यानसर संग गहन सम्बन्ध छ ।

अनुशन्धानहरूले प्रकाशित पारे खनुरूप रक्त ग्लूकोजलाई ह्वात्तै बढाउने खालका खानेकुराहरूले पेट, ठूलो आन्द्रा र स्तन लगाएत अन्य धरै प्रकारका क्यानसरहरूको जोखिम बढाउदछ । चिनी हालिएको खानेकुरा खाइरहदा रगतमा ग्लूकोज र ईन्सुलिन दुबै बढ्दछ। उच्च रक्त ईन्सुलिन ले कोषहरूको अनियन्त्रित बृद्धिलाई सहायता गर्नुको साथै ईन्द्रलामेसनलाई समेत बढाउदछ।

४. तेलमा तारका खानेकुराः खानेकुराहरूमा पोषक तत्वहरू मौजुद हुन्छन । यी पोषक तत्वहरू सूक्ष्म पोषकतत्व र स्थुल पोषक तत्व गरेर दुई प्रकारका छन । खानेकुरालाई तेलमा तारदा तेलको उच्च तापले खानामा विद्यमान धेरै पौष्टिक तत्वहरू नष्ट गरिदिन्छ ।

हामीले खाने वनस्पती तेलहरूको क्वाथनाङ्क (उम्लिने) २५० डिग्री सेल्सियस देखि ३०० डिग्री सेल्सियस बिचको छ भने अझ धेरै बेर सम्म तेलमा तारदा यो ताप अझै बढ्दछ फलतः उच्च तापक्रमका कारण खानेकुराहरूका धेरै पौष्टिक तत्वहरू नष्ट भएर जन्छन ।

यसो हुदाँ खानेकुरा कम पौष्टिक मुल्यका वा मुल्य विहिन हुन पुग्दछन । यसका अलावा उच्च तापकौ कारणले हेटेरो साईक्लिन अमाईन र एडभान्स ग्लाईकेसन ईण्ड प्रोडक्ट जस्ता रसायन हरू निस्कने गर्दछन । यी यौगिक हरूको उत्पादन धेरैमात्रामा भयो भने शरीरमा ईŠलामेसन र क्यानसरको जोखिम उच्च हुन्छ ।

५. डूनोटः प्रशोधित गहूँको पिठो (मैदा)लाई तेल वा ध्यूमा तारेर डूनोट बनाइन्छ । यसमा चिनी, सोडा, सुगन्घकारक तत्वहरू कृतिम रंग लागाएतका चिजहरू हाल्ने गरिन्छ । उच्च तापमा पकाइएको हुनाले डूनोटमा धरै ईन्Šलामेटरी यमैगीक हरू छन ।

यसमा अलावा डूनोटको पौष्टिक मुल्य पनि अत्यन्त न्यून हुन्छ । रेशा र चोकरको मात्रा त हुदै हुदैन । यसर्थ डूनोट खादाँ क्यानसरको उच्च जोखिम रहन्छ ।

(लेखक भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : १५ बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध