प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको ‘कार्यदल सहमति’को व्याख्या अस्वीकार्य : माधव नेपाल « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको ‘कार्यदल सहमति’को व्याख्या अस्वीकार्य : माधव नेपाल


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकारले गरेको कार्यदल सहमतिको व्याखा ‘गलत र अस्वीकार्य’ भएको बताएका छन् ।

नेता नेपालले सामाजिक सञ्जालमार्फत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने स्पष्ट पारेका हुन् ।

उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको समेत जनाएका छन् ।

हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित भएको आरोप लगाएका छन् ।

यस्तो छ उनको स्टाटस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले कार्यदलबीच १० बुँदे सहमति भएसँगै सामाजिक सञ्जालमा शेरबहादुर देउवाको पक्षमा १२३ जना सांसद मात्रै रहेको जनाएका थिए ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्- ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभाका सदस्यहरु अब १४६-२३‍=१२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्री थच्चियो !! जयनेपाल !!!’

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ४१ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध