नेपाली श्रमिकहरुको अधिकार र कर्तव्यका विषयमा साउदीले सर्वेक्षण गर्दै « Khabarhub

नेपाली श्रमिकहरुको अधिकार र कर्तव्यका विषयमा साउदीले सर्वेक्षण गर्दै


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी सरकारले आफ्नो मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् या छैनन् भन्ने बारे जानकारी लिने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदीले गर्न लागेको श्रमिक सचेतना सर्वेक्षणसम्बन्धी कार्यक्रममा अनलाईन मार्फत सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेका गरेको छ ।

दूतावासका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको औपचारिक जानकारी प्राप्त भएको जनाएको हो ।

साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले hrsd.gov.sa मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी हुनसक्ने दूतावासले जनाएको छ ।

दूतावासले कार्यक्रम कहिले हुने भन्ने केहि खुलाएको छैन् । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग