नेपाली श्रमिकहरुको अधिकार र कर्तव्यका विषयमा साउदीले सर्वेक्षण गर्दै | Khabarhub Khabarhub

नेपाली श्रमिकहरुको अधिकार र कर्तव्यका विषयमा साउदीले सर्वेक्षण गर्दै


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी सरकारले आफ्नो मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् या छैनन् भन्ने बारे जानकारी लिने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदीले गर्न लागेको श्रमिक सचेतना सर्वेक्षणसम्बन्धी कार्यक्रममा अनलाईन मार्फत सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेका गरेको छ ।

दूतावासका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको औपचारिक जानकारी प्राप्त भएको जनाएको हो ।

साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले hrsd.gov.sa मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा सहभागी हुनसक्ने दूतावासले जनाएको छ ।

दूतावासले कार्यक्रम कहिले हुने भन्ने केहि खुलाएको छैन् । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ११ : ०१ बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज