अभिनेता सुनीलको अपार्टमेन्ट ‘सिल’ « Khabarhub

अभिनेता सुनीलको अपार्टमेन्ट ‘सिल’


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता सुनील शेट्टीको दक्षिण मुम्बईस्थित अल्माउण्ट रोडमा रहेको पृथ्वी अपार्टमेन्ट सिल गरिएको छ । यो अपार्टमेन्टमा कोरोनाको पाँच सक्रिय केस भेटिएपछि बीएमसीले अपार्टमेन्ट सिल गरेको हो ।

बीएमसीका सहायक कमिश्नर प्रशान्त गायकवाडले कोरोनाका कारण अपार्टमेन्ट दुई दिन सिल गरिने पृष्टि गरे । यो अपार्टमेन्ट विश्वकै सबैभन्दा महंगो क्षेत्रमा रहेको अपार्टमेन्टका रुपमा चिनिन्छ ।

सुनील पछिल्लो कैयौं वर्षदेखि यो अपार्टमेन्टमा बस्दै आएका छन् । जहाँ उनीसँग उनकी पत्नी माना, अभिनेत्री छोरी आथिया र अभिनेताका रुपमा फिल्ममा डेब्यू गर्न लागेका छोरा अहान बस्छन् ।

बीएमसीले अभिनेताको परिवार कसैलाई पनि कोरोना संक्रमण नभएको उल्लेख गरेको छ । सुनीलका प्रवक्ताले पनि यो कुराको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय