‘रक्षाबन्धन’मा अक्षयले बढाए शरीरको तौल « Khabarhub

‘रक्षाबन्धन’मा अक्षयले बढाए शरीरको तौल


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेता अक्षय कुमार चाँडै फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । यो फिल्मका लागि उनले शरीरको तौल बढाएका छन् ।

अक्षय आफैंमा फिटनेस रुचाउने कलाकार हुन । जो प्रायः आफ्नो फिटनेससँग जोडिएका तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । उनी हालैमात्र आनन्द रायको फिल्म ‘रक्षाबन्धन’को सेटमा देखिएका थिए ।

सार्वजनिक उनको तस्वीरमा अक्षय निकै मोटो देखिएका छन् । फिल्ममा उनी नयाँदिल्लीको एक व्यक्तिको भूमिका निभाउदैछन् । फिल्मका लागि अक्षयले पाँच किलो तौल बढाएका छन् ।

फिल्म ‘सूर्यवंशी’का लागि उनले ६ किलो तौल घटाएका थिए । ‘म तौल घटाउने र बढाउने काममा खुशी हुन्छु । म यो काम स्वस्थ तरिकाले गर्छु र मैले ५ किलो वजन नैसर्गिक प्रक्रियाबाट बढाएको हुँ । यसका लागि मैले मेरी आमाले बनाउनुभएको हलुवा खाने मौका पाएँ’, उनले भनेका छन् ।

फिल्म ‘रक्षाबन्धन’मा अक्षयका अलावा पाँच नयाँ अनुहार देखिँदैछन् । जो फिल्ममा अक्षयको बहिनीको भूमिकामा छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : १५ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक