‘रक्षाबन्धन’मा अक्षयले बढाए शरीरको तौल « Khabarhub

‘रक्षाबन्धन’मा अक्षयले बढाए शरीरको तौल


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेता अक्षय कुमार चाँडै फिल्म ‘रक्षाबन्धन’मा देखिँदैछन् । यो फिल्मका लागि उनले शरीरको तौल बढाएका छन् ।

अक्षय आफैंमा फिटनेस रुचाउने कलाकार हुन । जो प्रायः आफ्नो फिटनेससँग जोडिएका तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । उनी हालैमात्र आनन्द रायको फिल्म ‘रक्षाबन्धन’को सेटमा देखिएका थिए ।

सार्वजनिक उनको तस्वीरमा अक्षय निकै मोटो देखिएका छन् । फिल्ममा उनी नयाँदिल्लीको एक व्यक्तिको भूमिका निभाउदैछन् । फिल्मका लागि अक्षयले पाँच किलो तौल बढाएका छन् ।

फिल्म ‘सूर्यवंशी’का लागि उनले ६ किलो तौल घटाएका थिए । ‘म तौल घटाउने र बढाउने काममा खुशी हुन्छु । म यो काम स्वस्थ तरिकाले गर्छु र मैले ५ किलो वजन नैसर्गिक प्रक्रियाबाट बढाएको हुँ । यसका लागि मैले मेरी आमाले बनाउनुभएको हलुवा खाने मौका पाएँ’, उनले भनेका छन् ।

फिल्म ‘रक्षाबन्धन’मा अक्षयका अलावा पाँच नयाँ अनुहार देखिँदैछन् । जो फिल्ममा अक्षयको बहिनीको भूमिकामा छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : १५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय