मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड, यसरी हेर्नुस नतिजा « Khabarhub

मनकामना स्मार्ट लघुवित्तको आइपीयो बाडफाँड, यसरी हेर्नुस नतिजा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर बाँडफाँड भएको छ ।

आइपीओ बाँडफाँडमा गोलाप्रभाबाट ३६ हजार ३४९ जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । जसमध्ये दुई भाग्यशालीले ११/११ कित्ता प्राप्त गरेका छन् ।

संस्थाका ७९ जना कर्मचारीले उनीहरुका लागि छुट्टाइएको ६ हजार ५८ कित्ता प्राप्त गरेका छन् । त्यस्तै ११ वटा म्युचुअल फण्डहरुले १९ हजार ४ सय ५० कित्ता शेयर प्राप्त गरेका छन् ।

संस्थाले असार १७ गतेबाट एक सय रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये कुल पुँजीको ० दशमलव ५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयरसिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ०५ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं