बंगाली अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की « Khabarhub

बंगाली अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बंगाली टेलिभिजन अभिनेत्री प्रत्युषा पललाई अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा बलात्कारको धम्की दिएका छने । अभिनेत्रीका अनुसार ती व्यक्तिले उनको तस्वीरलाई पोर्न साइटमा अपलोड गरिदिएका छन् ।

प्रत्युषाले प्रहरीमा उजुरी दिएकी छन् । तर प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । कोलकाता प्रहरीले अभिनेत्रीको निवेदनमा आफूहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘जब म धम्की दिने व्यक्तिको प्रोफाइललाई ब्लक गर्छु, उसले केही समयपछि नै अर्को प्रोफाइलबाट धम्की दिन्छ । उसले मलाई प्रत्येक पटक बलात्कारको धम्की दिन्छ । सुरुवातमा जब मैले प्रहरीमा उजुरी दिएँ, प्रहरीले कसले धम्की दिएको हो बुझ्नु भनेका थिए । तर मलाई डर लागिरहेको छ’, उनले भनेकी छन् ।

ती व्यक्तिले अभिनेत्रीको तस्वीर पोर्न साइटमा राखेका मात्र छैनन्, उनको साथी र आमालाई पनि तस्वीर पठाइदिएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ३० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय