फैसलाको स्वागत गर्दै नेपालले भने : यसपटक अदालतले आफ्नो गरिमा बढायो « Khabarhub

फैसलाको स्वागत गर्दै नेपालले भने : यसपटक अदालतले आफ्नो गरिमा बढायो


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

सर्वोच्चको फैसलाको स्वागत गर्दै नेता नेपालले संविधान, संसद र लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री नेपालले भने, ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ ।’ अदालतले यस पटक आफ्नो गरिमा बढाएको उनको भनाइ छ ।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदलाई दलको ह्वीप नलाग्ने सर्वोच्चले आदेश दिएको छ । नेता नेपालले संविधानमा केही अस्पष्टता रहेको तर त्यो पनि ब्याख्या गरिदिएको बताए ।

यसैबीच माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको भन्दै आफूहरूको जित भएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ४७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना