सर्वोच्चको फैसलाविरुद्ध ओली पक्षको काठमाडौँमा प्रदर्शन « Khabarhub

सर्वोच्चको फैसलाविरुद्ध ओली पक्षको काठमाडौँमा प्रदर्शन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थक पक्षले फैसला नमान्दै भन्दै प्रदर्शन गरेका छन् ।

ओली पक्षका कार्यकर्ताहरूले सर्वोच्च अदालतका कुनै पनि फैसला नमान्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन छन्।

माइतीघरमा विरोध सभापछि नयाँ बानेश्वरसम्म र्‍याली प्रदर्शन गरिएको छ । सभालाई एमाले नेता एवं युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक संसद विघटन गरेका थिए । उक्त विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : ०३ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता