फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ : देउवा « Khabarhub

फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको छ : देउवा


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै लोकतान्त्रिक विधिको शासनलाई जोगाएको प्रतिक्रिया दिएका छन् ।

उनले अदालतले निष्पक्ष फैसला गरेको बताएका हुन् । सभापति देउवाले अदालतले संविधान विपरीत गरिएका कदमलाई सच्याएको बताउँदै अदालतको फैसला ऐतिहासिक भएको उल्लेख गरे ।

देउवाले विज्ञप्ति जारी गर्दै फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका हुन् । उनले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।

देउवाले भनेका छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ । कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु ।’

यस्तै, उनले सरकार गठनका विषयमा पाँच दलको छलफल भइरहेको बताए । सर्वोच्च अदालतले आज प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ । यस्तै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना