नेप्से ४५ अंकले घट्दा ९ अर्ब ९८ करोडको कारोबार | Khabarhub Khabarhub

नेप्से ४५ अंकले घट्दा ९ अर्ब ९८ करोडको कारोबार


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन सोमवार शेयर बजार नेप्से परिसूचक ४५.०६ प्रतिशतले घटेर २,८५४ दशमलव ८४ अंकको विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २२९ वटा कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

जसमध्ये होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन ०.१६ प्रतिशत बढेको छ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स, केबिएलका डिबेञ्चर इकाईधनीले र एनबीबीएलका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् ।

यूनियन हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र ओरिएण्टल होटल्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ४ : ४९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड