राजनीतिबाट अलग्गिए रजनीकान्त « Khabarhub

राजनीतिबाट अलग्गिए रजनीकान्त


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् ।

रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएका हुन् ।

रजनीकान्तले नयाँ संगठन रजनी फ्यान क्लब एशोसिएसनको नामबाट समाजसेवाको काम गर्नेछन् ।

गत डिसेम्बर २९ मा रजनीकान्तले स्वास्थ्य समस्याका कारण आफू राजनीतिबाट टाढिने घोषणा गरेका थिए । उनले तमिल भाषामा एक चिठी लेख्दै आफू चुनावमा प्रतिष्पर्धी नभएरै मानिसको सेवा गर्ने बताएका थिए ।

उनी डिसेम्बर २५ मा रक्तचापमा भएको उतारचढाव र थकानका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए । त्यसको दुई दिनपछि उनी डिस्चार्ज भए ।

चिकित्सकले उनलाई एक सातासम्म आराम गर्न र शारीरिक काम तथा कोरोनाबाट बच्नका लागि सल्लाह दिएका थिए । उनले डिसेम्बर ३ मा आफू नयाँ पार्टी बनाउने र सन् २०२१ को विधानसभा चुनाव लड्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : २० बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक