बाढीपहिरो र डुबानमा परी चार सातामा ५९ जनाको मृत्यु « Khabarhub

बाढीपहिरो र डुबानमा परी चार सातामा ५९ जनाको मृत्यु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुन शुरू भएपछिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी देशभरमा पछिल्लो चार सातामा ५९ जनाको मृत्यु भएको छ ।

गत जेठ ३० गतेदेखि असार २८ गते सोमबार दिउँसोसम्म बाढीपहिरो र डुबानमा परी ५९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा ३१ पुरुष, १७ महिला, ५ बालक र ६ जना बालिका रहेका छन् । पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये खोटाङमा १ जना र सिन्धुलीमा १ जना रहेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीपहिरो र डुबानमा परी उक्त समयमा ७३ जना घाइते भएका छन् । घाइतेमध्ये ३७ पुरुष, १९ महिला, १२ बालक र ५ जना बालिका रहेका छन् ।

बाढीपहिरोमा परी उक्त अवधिमा २७ जना बेपत्ता भएका छन् भने १ हजार २ सय ६८ जनाको विभिन्न स्थानबाट उद्दार गरिएको छ ।

उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । बाढीपहिरोको कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडक प्रहरीको पहलमा सुचारु गराइएको छ ।

साथै वर्षाका कारण अछाम, मुस्ताङ र चितवन लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन् भने १ सय ७ वटा गोठ, ४३ वटा पुल, ३ वटा विद्यालय, १३ वटा सरकारी कार्यालय र ५ सय ८३ वटा घरमा क्षति पुगेको छ । त्यस्तै ८ सय ६९ पशु चौपायको मृत्यु भएको छ ।

उक्त अवधिमा भएका जम्मा ६ सय विपद्का घटनाबाट १ हजार १ सय ७६ घर परिवारका ५ हजार ४ सय ९५ जना विस्थापित भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ४५ बजे

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सुशासन कायम गराउन सफल : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन

भोजपुरमा श्रमसंस्कृतिका ध्रुवराज विजयी, एमाले सचिव शेरधन पराजित

भोजपुर – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरमा ‘माटो’ चुनाव चिह्नबाट

एएनओ हङकङ सम्मेलनद्वारा पश्चिम एसियाका नेपालीको सुरक्षाप्रति ध्यानाकर्षण

काठमाडौं- एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न