मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्दै, ८.७५ प्रतिशत ब्याज दिने  « Khabarhub

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्काशन गर्दै, ८.७५ प्रतिशत ब्याज दिने 


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याज दिनगरी ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले साउन ७ गतेबाट ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

१ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।

त्यमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने बैँकले जानकारी दिएको छ ।

सर्वसाधारणलाई छुटाएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्ने बैंक्ले जनाएको छ । उक्त समयमा आवेदन नपरेमा २१ गतेसम्म निष्काशन समय थप हुनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : १५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी