लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा बजेटको बिरोध « Khabarhub

लुम्बिनी प्रदेशमा विपक्षी दलद्वारा बजेटको बिरोध


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई विपक्षी गठबन्धनका दलले बिरोध गरेका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटमाथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको आरोप लगाए ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले विपक्षी दललाई बाइपास गरेर बजेट ल्याइएको भन्दै बजेट प्रदेश सभाबाट नभएर नेकपा एमाले पार्टी कार्यालयबाट पास गराउन व्यङ्ग्य गरे ।

विपक्षी दलहरुको सदासयताकै कारण प्रदेश सभामा बजेटमाथिको छलफल शुरु भएको भन्दै उनले अझै पनि प्रदेश सरकारले विपक्षी दलहरुलाई पेलेरै जाने नीति अवलम्बन गरेको बताए ।

बजेटमाथिको छलफल जस्तो महत्वपूर्ण बिषयमा प्रदेशका मुख्यमन्त्री अनुपस्थित हुनु विडम्बनापूर्ण भएको भन्दै उनले प्रदेशका जनतालाई कोभिड संक्रमणबाट जोगाउने भन्दा पनि मुख्यमन्त्री शंकर पोखरेल संघीय सरकार जोगाउनेतिर लागेको आरोप लगाए ।

बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन र तिलकराम शर्माले पनि बजेट प्रदेशको समृद्धि भन्दा पनि एमाले कार्यकर्ता पोष्ने खालको भएको भन्दै बिरोध जनाए ।

बैठकमा सत्तारुढ दल नेकपा एमालेका प्रदेश सभा सदस्य लिला गिरी, कमलराज श्रेष्ठ, तुल्सी प्रसाद चौधरी र अर्जुन कुमार केसीले भने बजेट समग्रमा राम्रो रहेको भन्दै बचाउ गरे । उनीहरूले बजेटको सफल कार्यान्वयन भए प्रदेश समृद्ध हुने विश्वास व्यक्त गरे । प्रदेश सभाको अर्को बैठक असार २९ गते मंगलबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ३० बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड