ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्यको सम्झौता « Khabarhub

ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघबीच सहकार्यको सम्झौता


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ ।

एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष रीता सिम्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ ।

बैंकले एफवीन अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याइ आफ्नो ग्राहकलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।

यसका साथै बैंकले आधुनिक बैंकिङ, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निमित्त एफवीन संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ५९ बजे

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक