प्रतिनिधिसभा पुनर्स्थापनाको विभिन्न राजनीतिक दलका नेताहरुबाट स्वागत | Khabarhub Khabarhub

प्रतिनिधिसभा पुनर्स्थापनाको विभिन्न राजनीतिक दलका नेताहरुबाट स्वागत


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ ।

विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठनलगायतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् ।

विभिन्न राजनीतिक दलका नेताले फैसलाको स्वागत गर्दै अदालतले संविधानको मर्म र भावनानुसार फैसला गरेर लोकतन्त्र बचाएको उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फैसलाको स्वागत गर्दै लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् ।

फैसलापछि विज्ञप्ति जारी गर्दै उनले देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको जनाउनुभएको छ । उनले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताका हितमा उपयोग गरेर जान आग्रह गरेका छन् ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । उनले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए ।

उनले भने, “संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु ।” उनले आफू, पार्टी र गठबन्धनका तर्फबाट सबैमा बधाई ज्ञापन गरेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले फैसलाले अदालतको गरिमा झन् बढाएको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतको आदेशसँगै ‘प्रतिगमनका यात्रामा ब्रेक लागेको’ बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला गर्दै आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ । यस्तै प्रतिनिधिसभाका १४९ सांसदको समर्थन रहेका शेरबहादुर देउवालाई दुई दिनभित्र संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।

वर्तमान सरकारले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । यसअघि पनि सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको दुई पटकको कदमलाई असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसमा पुनर्स्थापना गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ४५ बजे

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा

राष्ट्र बैंकको तथ्यांक भन्छ- मुद्रास्फीति गत वर्षको भन्दा आधा बढी तल झर्‍यो

काठमाडौं– नेपाल राष्ट्र बैंकको तथ्यांकले नेपालमा मुद्रास्फीति गत आर्थिक वर्षको